भारतीय वायुसेनाका लडाकु विमानहरु फ्रान्सको आकाशमा

भारतीय वायुसेनाका लडाकु विमानहरु फ्रान्सको आकाशमा

फ्रान्समा अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘ओरियन’ शुरु भएको छ । विदेशमा आयोजित अभ्यासमा भारतीय वायुसेनाका राफेल लडाकु विमानलाई पहिलो पटक सहभागी गराइएको बताइएको छ । 

‘ओरियन’ मा अन्य देशका वायुसेनाको पनि सहभागिता छ । भारतले आफ्नो वायुसेनाको वेस्टर्न एयर कमाण्डअन्तर्गतका राफेल लडाकु विमानलाई फ्रान्सको अभ्यासमा सहभागी गराएको जानकारी दिएको छ ।

अभ्यास आगामी मे ५ सम्म फ्रान्सको एयर बेसमा हुनेछ । जसमा अधिकांश नेटो सदस्य राष्ट्र र फ्रान्सका मित्र राष्ट्रहरुको सहभागिता रहेको बताइएको छ । अभ्यासलाई रुस–युक्रेन युद्धको सन्दर्भसँग जोडेर विश्लेषण गरिएको भारतीय समाचार संस्था इण्डिया न्युज नेटवर्कले जनाएको छ ।

यसअघि भारतीय वायुसेनाको राफेल विमानले भारतीय वायुक्षेत्रमा आयोजित अभ्यासमा मात्र भाग लिएको थियो । रफाल जोधपुरमा आयोजित ‘डेजर्ट नाइट’ मा सहभागी भएको बताइएको छ । फ्रान्सेली वायुसेना आधारहरूमा आयोजित सैन्य अभ्यासमा राफेलको सहभागिता विशेष रूपमा रहेको बताउँदै भारतीय रक्षा अधिकारीहरुले भने, ‘यसअघि भारतले फ्रान्सबाट राफेल लडाकु विमान किनेको थियो ।’

फ्रान्सले अन्तिम राफेल विमान गत वर्ष डिसेम्बर १५ मा भारतलाई बेचेको थियो । भारतले फ्रान्सबाट हालसम्म ३६ वटा राफेल विमान खरिद गरेको छ । फ्रान्सको आकाशमा ती विमानलाई भारतीय वायुसेनाका कर्मचारीले उडाउन थालेका हुन् ।

टिप्पणीहरू