रुपन्देहीमा गोली चल्यो, २६ वर्षे युवक घाइते

रुपन्देहीमा गोली चल्यो, २६ वर्षे युवक घाइते

रुपन्देहीको सियारि गाउँपालिका वडा नम्बर ३ को सीतापुरमा गोली चलेको छ । स्थानीय दुई युवाबीच विवाद हुँदा एकले अर्कोलाई गोली प्रहार गरेको बताइएको छ ।

स्थानीयले गोली चलेको बताए पनि प्रहरीले दुई युवाबीच मोबाइलको विषयमा विवाद हुँदा झगडा भएको जानकारी दिएको छ । झगडामा एकजना घाइते भएको घटनास्थल पुगेका रुपन्देही प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामु अर्यालको भनाइ छ ।

उनले गोली चलेकोबारे पुष्टि नभएको बताए । ‘एक जना घाइते भएको हो तर गोली चलेको भन्नेबारे अनुसन्धान भइरहेको छ,’ डिएसपी अर्यालले बताए । प्रहरीले गोली नचलेको बताएका घाइतेको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । 

अस्पताल स्रोतका अनुसार घाइतेको तिघ्रामा प्वाल परेको छ । गोली फेला नपरे पनि तिघ्रा छेडिएको प्वाल परेको छ । अहिलेको घटनास्थलमा लागुपदार्थ दुव्यर्सनी स्थानीय युवाको भीड हुने गरेको स्थानीयले बताए । घाइते २६ वर्षीय वीरेन्द्र केवट रहेको बुुझिएको छ ।

पछिल्लो समय रुपन्देहीमा गोली, बमका घटना बढ्न थालेका छन् । केही दिन अगाडि छपियामा सियारि गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुक बम भेटिएको थियो ।

टिप्पणीहरू