१६ वर्षे किशोरी फुलबारीमा बलात्कृत, २१ वर्षे युवक पक्राउ

१६ वर्षे किशोरी फुलबारीमा बलात्कृत, २१ वर्षे युवक पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ का २१ वर्षीय दिपेन्द्र नेपालीलाई बलात्कार अभियोगमा प्रहरीले हिजो नियन्त्रणमा लिएको हो । 

दिपेन्द्रले गत बैशाख ४ गते राति ती किशोरीलाई सोही उपमहानगरपालिका–१३ फुलबारीमा ललाई फकाई लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।  पीडित किशोरीको जाहेरीपछि उनलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो नियन्त्रणमा लिएको बताइएको छ ।
 
पक्राउ परेका दिपेन्द्रमाथि थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू