अमेरिकी दूतावासको छेवैमा एमालेको ‘ग्रासरुट’ समीक्षा
नेकपा एमालेको जनवर्गीय संगठन नेपाल बुद्धिजीवी परिषद् तथा अनुसन्धान प्रतिष्ठानले पार्टीले सञ्चालन गरेको ’मिसन ग्रासरुट’ अभियानको समीक्षा गरेको छ ।
महासचिव शंकर पोखरेललगायत नेताहरुलाई राखेर परिषद्ले ग्रासरुटको समीक्षासहित अन्तरक्रिया गरेको हो । आज महाराजगञ्जस्थित अमेरिकी दूतावासको दक्षिणतर्फको पर्खालसँगै जोडिएको रोयल दरबार ब्याङ्क्वेटको सभा हलमा भएको कार्यक्रममा ’मिसन ग्रासरुट : अनुभव र सिकाइ’ विषयक अन्तरक्रिया चलाइएको बताइएको छ ।
कार्यक्रममा महासचिव पोखरेलसँगै केन्द्रीय सदस्य तथा बुद्धिजीवी परिषद्का इञ्चार्ज मनोजजंग थापा, बागमती प्रदेश प्रदेशसभा सदस्य तथा परिषद्का अध्यक्ष प्रा.डा. दिनेशचन्द्र देवकोटा, उपाध्यक्ष डा. दीपेन्द्र भण्डारी, प्रा.डा तारानिधि भट्टराईको उपस्थिति थियो ।
यस्तै, नेपाल मानव अधिकार एलाइन्सका अध्यक्ष तथा पूर्वयोजना आयोग सदस्य मीनबहादुर शाही, अनेमसंघका उपाध्यक्ष शर्मिला कार्कीलगायत पनि अन्तरक्रियामा सहभागी रहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू