रविका समर्थकको हुलदंगापछि मतदानस्थलमा भागाभाग

रविका समर्थकको हुलदंगापछि मतदानस्थलमा भागाभाग

चितवनको भरतपुर महानगरपालिका-११ मा रहेको नयाँकिरण मावि मतदानस्थलमा रवि लामिछानेका समर्थकहरुले हुलदंगा गरेपछि लफडा भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उम्मेदवार लामिछानेका समर्थकहरुले मतदानस्थलभित्र नाराबाजी गर्दै बुथ कब्जाको प्रयास गरेको र प्रहरीले रोक्न खोज्दा केहीबेर तनाव भएको बताइएको छ ।

बिहानैदेखि विभिन्न मतदानस्थलको अनुगमनमा हिँडेका लामिछाने त्यहाँ पुगेलगत्तै उनका समर्थकहरुले 'रवि दाई जिन्दाबाद'को नारा लगाएका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई रोक्न लाठीचार्ज गरेको थियो । त्यसक्रममा भागाभाग मच्चिएको बताइन्छ । 

अहिले त्यहाँको अवस्था सामान्य रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू