उपनिर्वाचन अपडेट : ४० प्रतिशत मतदान

उपनिर्वाचन अपडेट : ४० प्रतिशत मतदान

आज बिहानदेखि भइरहेको तीन जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा दिउँसो साढे १ बजेसम्म औसत ४० प्रतिशत मत खसेको छ । मध्यान्ह १२ बजेसम्म ती क्षेत्रमा औसत २१ प्रतिशत मत खसेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ १ मा दिउँसो साढे १ बजेसम्म ४०, चितवन २ मा ४५ र बारा २ मा ३६ प्रतिशत मतदान भइसकेको छ । यसअघि ती क्षेत्रमा क्रमशः ३०, २० र १५ प्रतिशत मत खसेको थियो ।

मतदान समय अपरान्ह ५ बजेसम्म तोकिएको छ ।

टिप्पणीहरू