काँग्रेस र माओवादीको गढमा स्वर्णिमको बर्चस्व

काँग्रेस र माओवादीको गढमा स्वर्णिमको बर्चस्व

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता फराकिलो बनाउँदै लागेका छन् ।

२१ हजार २६१ मत गणना हुँदा ११ हजार २२१ मतसहित वाग्लेले अग्रता बढाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ८८५ मतसहित पछ्याईरहेका छन् । त्रिपक्षीय प्रतिष्पर्धा हुने अनुमान गरिएको यहाँ एमालेका उम्मेदवार सर्वेन्द्र खनाल भने निकै कम्जोर देखिएका छन् । उनले ३ हजार ४६८ भोट पाएका छन् ।  

मतगणना सम्पन्न भएको आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिका काँग्रेस र माओवादीको आधार क्षेत्र मानिन्छ । त्यहाँ नै स्वर्णिमले सत्ता गठबन्धनका उम्मेदवारले भन्दा धेरै मत पाएका छन् । 

स्थानीय तहको निर्वाचनमा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको थियो । कांग्रेस दोस्रो भएको सो पालिकाका सबै वडामा रास्वपाका उम्मेदवार वाग्लेले अत्याधिक मत पाएका छन् । 

आँबुखैरेनीको वडा नम्बर १ मा १ हजार ४५८ मत खसेकोमा रास्वपाले १ हजार ६५ मत पाएको छ । त्यहाँ, कांग्रेसले २६५ र एमालेले जम्मा ५४ भोट ल्याएको छ । वडा नम्बर २ मा १ हजार ३९२ भोट गणना हुँदा रास्वपाका उम्मेदवार वाग्लेले ८८१, काँग्रेसका भट्टराईले ३३६ र एमालेका खनालले १०८ मत पाएका छन् । 

त्यस्तै, वडा नम्बर ३ मा झन्डै ८० प्रतिशत मत वाग्लेलाई गएको छ । २१ सय ७३ भोट गनिएकोमा उनले १ हजार ५१५ मत पाएका हुन् । त्यहाँ कांग्रेसले ४०१ र एमालेले १९१ भोट पाएका छन् । वडा नम्बर ४ मा ६९४ मत खसेकोमा रास्वपाका उम्मेदवारले ३३२, कांग्रेसका उम्मेदवारले २३७ र एमाले उम्मेदवारले जम्मा ८५ भोट ल्याएका छन् । आँबुखैरेनी ५ मा वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ तथा ६ मा क्रमश: २८१, २५९ र १३० मत पाएका छन् ।    

मेयर र उपमेयर नै कांग्रेसले जितेको भानुको वडा नम्बर ३ मा स्वर्णिमले ७१४, वडा नम्बर ४ मा ७५९ र वडा नम्बर ८ मा ८५६ मत पाउँदा गोविन्दले ४१८, ४८२ र ४५८ मत पाएका छन् ।

टिप्पणीहरू