प्रमुख तीन दलका नेताको बैठक जारी

प्रमुख तीन दलका नेताको बैठक जारी

नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीचको छलफल जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ । 

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको बैठकमा संसदीय समितिहरूको गठन तथा सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक पारित सम्बन्धमा छलफल भएको बताइएको छ । 

यी बाहेक उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बुझिएको छ । बैठकमा शीर्ष नेताहरुसँगै तीन वटै दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी छन् ।

टिप्पणीहरू