व्यापारीले सभामुख गुहारे

व्यापारीले सभामुख गुहारे

व्यापारीहरुको छाता संगठन नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का पदाधिकारीहरुले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विधेयक संशोधन सम्बन्धमा ध्यानाकर्षण गराउन भेट गरेको बताएका छन् ।

आयोगको प्रस्तावित संशोधन विधेयक, २०७९ मा निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरामा ल्याउन लागिएको नयाँ व्यवस्थाप्रति व्यवापारी र व्यवसायीहरुलेल कडा आपत्ति जनाउँदै आएका छन् । सोही विषयलाई प्रष्ट पार्न उनीहरुले आज सभामुख घिमिरेलाई भेटेर जानकारी गराएका हुन् ।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचत कमिटीका पदाधिकारीहरुले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत साता भेटेर उक्त विषयमा ध्यानाकर्षण गराएका थिए । राष्ट्रिय सभाबाट स्वीकृत भई प्रतिनिधिसभामा विचाराधीन उक्त  विधेयकमा निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरामा ल्याइने प्रावधान राखिएको छ ।

चेम्बर र एफएनसीसीआईले उक्त व्यवस्था संविधान प्रतिकूल भएको बताउँदै आएको छ ।

टिप्पणीहरू