काठमाडौंको प्रहरी बिटमा महानगरको डोजर

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ । महानगरपालिकाले काठमाडौंमा निर्माणाधीन भ्युटावर नजिकैको पुरानो बसपार्क छिर्ने सडकपेटीमा रहेको प्रहरी बिट हटाएको हो । 

महानगरपालिकाले सडक पेटीको प्रहरी बिट हटाउने योजनाअनुसार नै काम अघि बढाएको जनाएको छ । पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले सर्वसाधारणको आवतजावतमा समस्या परेको उसको दाबी छ ।

टिप्पणीहरू