उपप्रधानमन्त्री सवार हेलिकोप्टरमा डेढ दर्जन सरकारी अधिकारी
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज गोरखा जानुभएको छ ।
उहाँ गोरखाको बारपाकमा आयोजित २०७२ को महाभूकम्प स्मृति दिवस सम्बन्धी विशेष कार्यक्रममा सहभागी हुन नेपाली सेनाको हेलिकोप्टरमा त्यहाँ पुग्नुभएको बताइएको छ । बिहान साढे १० बजे उड्ने कार्यक्रम एक घण्टा ढिलो भएपछि उपप्रधानमन्त्री सवार सेनाको एमआई १७, हेलिकोप्टर काठमाडौंबाट साढे ११ को समयमा त्यसतर्फ गएको हो ।
हेलिकोप्टरमा शहरी विकासमन्त्री सीता गुरुङ्ग, गृहसचिव विनोद प्रकाश सिंह, पूर्व शिक्षामन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर पनि रहेको बताइएको छ । डेढ दर्जनको संख्यामा रहेका पदाधिकारीहरुमा प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायत छन् ।
टिप्पणीहरू