भारतबाट आउँदै गरेका दुई जनाको साथमा स्रोत नखुलेको लाखौं रुपैयाँ

भारतबाट आउँदै गरेका दुई जनाको साथमा स्रोत नखुलेको लाखौं रुपैयाँ

सुनसरीमा स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । कोशी गाउँपालिका ८ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले नेपाली रुपैयाँ ४ लाख ३४ हजार ७ सय २० र भारु ५९ हजार ६ सय १० सहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका इटहरी उपमहानगरपालिका १२ का १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई सशस्त्रको टोलीले प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर) ले उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

बरामद भएको रुपैयाँसहित उनीहरुलाई आवश्यक कारबाहीको निम्ति राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
 

टिप्पणीहरू