झापाकी हरिकलाले पाँच जनासँग ४८ लाख ठगिन्

झापाकी हरिकलाले पाँच जनासँग ४८ लाख ठगिन्

झापा घर भएकी र काठमाडौंको कपनमा बस्दै आएकी हरिकला दाहाल ठगीमा पक्राउ परेकी छन् । ३२ वर्षीया दाहालले पाँच जनालाई इजरायलमा आकर्षक रोजगारी मिलाइदिने प्रलोभनमा ४८ लाख ठगेपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

झापाको कमल गाउँपालिका ७ की दाहालले इजरायलको निर्माण कम्पनीमा जागिर लगाइदिने प्रलोभनमा ठगेकी हुन् । उनको ठगीबारे वैदेशिक रोजगार विभागले जानकारी गराएपछि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले हिजो दिउँसो चाबहिलमा पक्रेको हो ।

उनललाई थप अनुसन्धान र कारवाहीको निम्ति वैदेशिक रोजगार विभाग बुद्धनगरमा बुझाइएको छ ।

टिप्पणीहरू