अवैध २१ टन चिनी प्रहरी नियन्त्रणमा

अवैध २१ टन चिनी प्रहरी नियन्त्रणमा

पश्चिम नवलपरासीको बर्दघाटमा २१ टन चिनी बरामद भएको छ । भन्सार छलेर ल्याइएको उक्त चिनी, ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा भन्सार छलेर भारतबाट ल्याइएको चिनी फेलापरेको हो । चिनीको बजारमूल्य झण्डै १६ लाख रहेको जानकारी दिइएको छ ।

ना.६ ख २९०३ नम्बरको ट्रक, चिनी र चालक वीरेन्द्र ठाकुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू