सुनुवाई समितिमा रहने तीन जनाको नाम राष्ट्रिय सभाले टुंग्यायो
संसदीय सुनुवाई समितिमा रहने १५ मध्ये तीन जनाको नाम टुंगो लागेको छ ।
राष्ट्रिय सभाकातर्फबाट समितिमा जाने तीन जना सदस्यको नाम आज बसेको बैठकले टुंगो लगाएको हो । जसमा नेपाली काँग्रेसबाट निर्वाचित सांसद रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा सिफारिस भएका छन् ।
प्रतिनिधि सभातर्फबाट मनोनित हुन बाँकी सदस्य भने अझै टुंगो लागेको छैन । प्रतिनिधि सभाको आजको बैठकको सम्भावित कार्यसूचीमा सुनुवाई समिति सदस्य मनोनयनको एजेन्डा राखेपनि प्रमुख तीन दलले नाम नदिँदा मनोनयन हुन नसकेको जनाइएको छ ।
प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका प्रमुख तथा पदाधिकारी र राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय सुनुवाई गर्ने संविधानमा व्यवस्था छ ।
सुनवाई समिति संघीय संसदको संयुक्त समिति हो ।
टिप्पणीहरू