ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु, बाबुआमा घाइते

ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु, बाबुआमा घाइते

ताप्लेजुङमा हिजो रातिको चट्याङबाट एक बालकको निधन भएको छ । सोही चट्याङ लागेर उनका बाबुआमा घाइते भएको बताइएको छ ।

मैवाखोला गाउँपालिका–४, साँघुको चित्रेमा चट्याङका कारण १० वर्षीय बालक फुर्वादोर्ची शेर्पाको निधन भएको हो । उनका बाबु दारिञ्जेन शेर्पा र आमा ङिमाल्हामू शेर्पा घाइते भएका छन् । 

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालकको शव पोष्टमार्टमका लागि सदरमुकामास्थित जिल्ला अस्पतालमा ल्याइएको छ । 

उनीहरु हिजो राति घरभित्र रहेको बेलामा चट्याङ परेपछि बिजुली सर्ट भएर उक्त दुर्घटना भएको हो ।
 

टिप्पणीहरू