अर्थमन्त्री पूर्वबाट, एकीकृत समाजवादीका अध्यक्ष मधेशतिर
भन्सार कार्यालय निरीक्षणका लागि आज बिहान कोशी प्रदेशको राजधानी विराटनगर पुग्नुभएका अर्थमन्त्री डा. प्रकाशशरण महत काठमाडौँ फर्किनुभएको छ । बुद्ध एयरको उडान नम्बर बिएचए ७०८ बाट उहाँ साँझ ५ बजे काठमाडौँ आइपुग्नुभएको हो ।
यता, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जनकपुर जानुभएको छ । बुद्धको उडान नम्बर बिएचए ५११ उडानबाट उहाँ साँझ ६ बजे जनकपुर प्रस्थान गर्नुभएको बताइएको छ ।
अध्यक्ष नेपाल हिजो बिहान सिमरा हुँदै गृहजिल्ला रौतहट पुगेपछि साँझ राजधानी फर्कनुभएको थियो ।
टिप्पणीहरू