एमाले अध्यक्षकाे बासस्थान वरपर कडा सुरक्षा, सांसदलाई कालोझण्डा ओढाउने प्रयास

एमाले अध्यक्षकाे बासस्थान वरपर कडा सुरक्षा, सांसदलाई कालोझण्डा ओढाउने प्रयास

कोशी प्रदेश नामाकरणको विरोधमा प्रदर्शन गर्दै आएकालाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सोही क्रममा आज इलाममा कालो झण्डा देखाउने नौ जना पक्राउ परेका छन् ।

इलाममा आयोजित नेकपा एमालेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सदरमुकाम आइपुगेपछि उहाँलाई लक्षित गर्दै कालो झण्डा देखाउन खोजिएको बताइन्छ । त्यसैगरी इलाम निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद राम रानालाई कोशी प्रदेश नामाकरणको विरोधीहरुले कालो झण्डा ओढाउन खोजेका थिए ।

दिउँसो कार्यक्रमस्थल सिटी हल जाँदै गरेको अवस्थामा प्रदेशसभा सदस्यलाई कालो झण्डा ओढाउन खोजिएपछि प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको हो । झापाको बुद्धशान्तिको कार्यक्रम सकेर हिजै इलामको कन्याम आएर बस्नु भएका एमाले अध्यक्ष ओली आज बिहान सदरमुकाम नजिकैको ग्रीन भ्यू होटलमा खाना खाना आइपुग्नुभएको थियो । 

उहाँ बास बस्नुभएको होटलसँगै कार्यक्रम स्थलमासमेत सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

टिप्पणीहरू