गण्डकीका मुख्यमन्त्रीले शपथ खाए

गण्डकीका मुख्यमन्त्रीले शपथ खाए

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट उनलाई आज शपथ खुवाइएको हो । 

आफूले शपथ खाएसँगै नवनियुक्त मुख्यमन्त्री पाण्डेले सत्तारुढ घटक माओवादीबाट सुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्याललाई मन्त्री नियुक्त गरेका छन् । उनीहरुलाई आजै शपथ गराइएपनि मन्त्रालय भने तोकिएको छैन । 

हिजो कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए ।

टिप्पणीहरू