लुम्बिनीमा मुख्यमन्त्रीले शपथ खाए, भागबण्डामा कुरा नमिल्दा सबै मन्त्री विना विभागीय
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । हिजो मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
आफूले शपथ लिएलगत्तै मुख्यमन्त्री चौधरीले सत्ता साझेदार तीन दलका एक-एक जनालाई समेटेर मन्त्रिपरिषद गठन गरेका छन् । माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे मन्त्री भएका हुन् ।
मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि उनीहरुलाई विना विभागीय मन्त्रीका रुपमा शपथ गराइएको छ ।
मुख्यमन्त्री चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एक र एक जना स्वतन्त्र सांसद गरी ५३ जना सांसदको समर्थन छ ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद आवश्यक हुन्छ ।
टिप्पणीहरू