अयोग्य माओवादी लडाकुलाई पैसा बाँडिदैन : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले माओवादीका तत्कालिन अयोग्य लडाकुलाई राज्यकोषबाट रकम नबाँडिने बताउनुभएको छ ।  उहाँले यसबारे आफूलाई कुनै जानकारी नभएको र अर्थ मन्त्रालयमा कुनै निर्णय नभएको जानकारी दिनुभएको छ ।

मन्त्री महतले एमाले निकट राष्ट्रिय युवा संघ, नेपालका पदाधिकारीहरुसँगको भेटमा उक्त कुरा बताउनुभएको हो । संघले सो सम्बन्धमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।

संघले अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न नहुने माग गरेको छ । ज्ञापन पत्रमा चैत ६ गतेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकुलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ वितरण गर्न आवश्यक गृहकार्य गर्ने निर्णय गरेको थियो ।
 

टिप्पणीहरू