राष्ट्रिय सभाका अध्यक्ष भैरहवा, उपप्रधान तथा गृहमन्त्री सिमरा

राष्ट्रिय सभाका अध्यक्ष भैरहवा, उपप्रधान तथा गृहमन्त्री सिमरा

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना भैरहवा जानुभएको छ । त्यसैगरी उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठ पनि बिहान सिमरा जानुभएको छ । 

अध्यक्ष तिमिल्सिनमा चार सदस्यीय टोलीका साथ बिहान साढे ७ बजे श्री एअरलाइन्सको उडानमा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सोही उडानमा नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री मेटमणि चौधरी पनि भैरहवा जानुभएको बताइएको छ ।

यता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छ सदस्यीय टोलीका साथ बिहान पौने ९ बजे सिमरा प्रस्थान गर्नुभएको छ । उहाँको टोली यती एअरलाइन्सको उडानमा गएको बताइएको छ ।आजै बिहान राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिंगदेन नेतृत्वको टोली भैरहवा गएको छ । पूर्वमन्त्री ध्रुवबहादुर प्रधानसहित अध्यक्ष लिंगदेन बिहान पौने ९ बजे बुद्ध एअरको उडानमा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
 

टिप्पणीहरू