जंगलमा लगेर इट्टाले हानि छोरा मार्ने निर्दयी बाबु समातिए

जंगलमा लगेर इट्टाले हानि छोरा मार्ने निर्दयी बाबु समातिए

कैलालीमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-६ मट्यारीका ४७ वर्षिय महेश कुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीलाई इट्टाले हानेर मारेका हुन् ।

अर्जुनलाई घरदेखी करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको प्रहरीले जनाएको छ । 

खबर पाउनासाथ वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमको टोली घटनास्थलमा खटिएको र अनुसन्धानका लागी प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमाण्डमा सोको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

महेशलाई नियन्त्रणमा लिइएको प्रहरीले भनाइ छ ।
 

टिप्पणीहरू