सिचाइँ पोखरीमा बालिका खसिन्

सिचाइँ पोखरीमा बालिका खसिन्

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा सिचाइँका लागि खनिएको पोखरीमा परेर ११ वर्षकी बालिकाको ज्यान गएको छ । बकैया ७, हात्तीखोलामा भएको दुर्घटनामा स्थानीय रामकुमार राईकी ११ वर्षकी छोरी बिनिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पौडी खेल्ने क्रममा उनी पोखरीमा परेकी हुन् । पोखरीमा डुबेपछि बेहोस अवस्थामा बकैयास्थित आधारभूत स्वास्थ्य केन्द्र छतिवन लगिएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको अनुसन्धान भइरहेको र शव स्वास्थ्य केन्द्रमै रहेको मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले बताए ।

टिप्पणीहरू