गियासपुरामा ग्यास चुहियो, एक दर्जनको मृत्युु

गियासपुरामा ग्यास चुहियो, एक दर्जनको मृत्युु

भारतको पञ्जाव राज्यको गियासपुरामा भएको ग्यास दुर्घटनामा कम्तीमा ११ जनाको निधन भएको छ । लुधियानाको स्थानीय औद्योगिक क्षेत्र नजिकैको भवनमा ग्यास चुहिएको बताइएको छ ।

भवनमा रहेको दुध डेरीमा ग्यास चुहिएको प्रहरीले बताएको छ । भवनदेखि झण्डै ३ सय मिटर पर रहेका मानिस पनि बेहोस भएका छन् । ग्यास चुहावट भनिए पनि विस्तृत जानकारी दिइएको छैन । ग्यासबारे पनि केही बताइएको छैन ।

मृत्यु हुनेमा एकै परिवारका पाँच जना छन् । महिला पाँच र बालबालिका दुई जना छन् । बिहानीपख दुर्घटना भएको भनिए पनि उनीहरु सुतिरहेको अवस्थामा बितेका थिए । घाइते नौ जनालाई अस्पतालमा भर्ना गरिएको रोयटर्सले जनाएको छ ।

टिप्पणीहरू