रास्वपाको एउटा बैठक बस्यो, अर्को तीन घण्टापछि

रास्वपाको एउटा बैठक बस्यो, अर्को तीन घण्टापछि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दुई वटा बैठक डाकेको छ । पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठकमध्ये केन्द्रीय समिति बैठक बसेको छ ।

बिहान सवा ११ बजेदेखि पार्टी मुख्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन, समसामयिक राजनीतिबारे निर्णय गरिने बताइएको छ ।

आजै दिउँसो ३ बजे संसदीय दलको बैठक डाकिएको छ । उक्त बैठकमा पनि केन्द्रीय समितिमा गरिने छलफलका एजेण्डा र संसदीय दलको नेता चयनबारे आवश्यक निर्णय गरिने जानकारी दिइएको छ ।
 

टिप्पणीहरू