गोप्य भेटको के हो रहस्य ?

गोप्य भेटको के हो रहस्य ?

काँग्रेस सभापति शेरबहादुर देउवाका प्रियले तिब्बती पृथकतावादी नेताका दूतलाई सुटुक्क काठमाडौंमा भेटे । पर्सिपल्ट, अर्थात् वैशाख १० गते ५ महिनाअघि आफैं उठेको ठाउँ चितवनमा उपचुनाव हुनु ४८ घण्टाअगाडि ८ गते भएको उक्त भेटका विषय अहिलेसम्म गोप्य नै छ ।

एक हप्तामा दुईपटक भएको उक्त भेटसँग नेपालको राष्ट्रिय राजनीति र चीनप्रति युरोपेली तथा अमेरिकीहरूले राख्ने गरेको चासोलाई  जोडेर हेरिएको छ । यसरी दलाई लामाका प्रतिनिधिलाई भेट्न जाने व्यक्ति थिए, आरजू राणाको व्यापारिक साझेदारसमेत रहेका यसअघि प्रधानमन्त्री कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठ । अनि भेटिएका पात्र हुन्, काठमाडौंस्थित तिब्बती पृथकतावादी नेता दलाई लामाका दूत छेप्री लोपुन । त्यतिञ्जेलसम्म पनि प्रधानमन्त्री पुष्पकमल दाहाल भने सत्तागठबन्धन तलमाथि होला भन्ने चिन्तासहित रवि लामिछानेलाई सरकारमा सामेल गर्न मन्त्रालय खाली गरेर बस्नुभएको थियो ।

तर, देउवाचाहिँ उनीबाहेकको गठबन्धन चाहने ! भनिन्छ, आरजुमार्फत रविको मामिलामा उहाँलाई सकारात्मक बनाउन दलाईका दूतले उमेशलाई एम्बुस थापेका हुन् । किनभने, रवि गृहमन्त्री हुँदा स्वतन्त्र तिब्बतीसम्बन्धी गतिविधि र त्यहाँका शरणार्थीलाई वैधानिकता दिनेजस्ता विषयमा उनीहरूलाई सहज भइरहेको थियो । फेरि पनि रवि सरकारमा फर्किए सजिलो हुन्छ भन्ने कारण रविप्रति देउवालाई सकारात्मक बनाउन खोजिएको हो । 

दलाई दूत अर्थात् छुल्ठिम लोपुनलाई ७ महिनाअगाडि मात्रै लाजिम्पाटको गार्डेन खाङ्सारस्थित सम्पर्क कार्यालयमा पदभार हस्तान्तरण गरेका हुन् । बौद्धस्थित होटल हायातमा शुक्रबार बा.२० च २४१ नम्बरको सेतो स्कोरपियो जीप चढेर २ः३० बजे आसपास छिरेका लोपुन सवा ४ बजे मात्रै निस्किएका थिए । उनीसँग अरु ४ जना शेर्पा रहेको होटल श्रोतले पुष्टि गरेको छ । 
 

टिप्पणीहरू