शान्ति सेनामा जानुअघि बिदामा घर गएका सैनिकको खोलामा चिप्लेर निधन

शान्ति सेनामा जानुअघि बिदामा घर गएका सैनिकको खोलामा चिप्लेर निधन

खोलामा नुहाउन गएका नेपाली सेनाका एक जना सैनिकको ढुंगामा चिप्लेर ज्यान गएको छ । बज्रदल गणका प्युठ रामबहादुर कुमालको गुल्मीमा मृत्यु भएको हो । 

शान्ति सेनामा जान छनौट भएका उनी पाँचखालबाट केही दिनअघि स्वयम्भूको छाउनीस्थित सैनिक अस्पतालमा उपचारको निम्ति पुगेका थिए । अस्पतालमा उपचारपछि उनी बिदा मनाउन आफ्नो घर गुल्मीको बडा गाउँपालिका २, विक्रमचौर गएको बताइएको छ ।

हिजो नुहाउन घर नजिकैको खोलामा गएका कुमाल ढुंगामा चिप्लेका थिए । चिप्लेपछि गम्भीर घाइते भएका उनको लगत्तै मृत्यु भएको हो ।

टिप्पणीहरू