तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

तत्कालीन गृहमन्त्री तथा हाल एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाएको र पठाउने कार्यमा संलग्न भएको आरोपमा राई पक्राउ परेका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहको मुख्य योजनाकार भनिएका राई आज बिहान पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त कार्यमा उनीहरुले सयौं सर्वसाधारणबाट करोडौं ठगेको उजुरी परेको छ ।

यसअघि उक्त गिरोहका केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, सन्देश शर्मा पोखरेल टंक गुरुङ पक्राउ परिसकेका थिए । 

एमाले उपाध्यक्ष थापा गृहमन्त्री रहेको २०७४ फागुनदेखि २०७८ असारसम्म राई सुरक्षा सल्लाहकार थिए । पक्राउ गरेपछि उनलाई प्रहरी परिसर टेकूमा राखिएको छ ।

टिप्पणीहरू