मुस्ताङमा ५ लाख चोरेर भागेका राजकुमार भक्तपुरमा समातिए

मुस्ताङमा ५ लाख चोरेर भागेका राजकुमार भक्तपुरमा समातिए

प्रहरीले लाखौं चोरेर फरार भएका एक जनालाई पक्राउ गरेको छ । रामेछापको सुनापति गाउँपालिका २, लामा टोलका ३२ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले चोरीको आरोपमा नियन्त्रणमा लिएको बताइएको छ ।

गत माघ १२ गते मुस्ताङको बारागुङ गाइयालस्थित छिरिङ खाजाघरबाट पाँच लाख नगद चोरेपछि उनी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङले नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गर्दै मोक्तानलाई पक्राउको निम्ति अनुरोध गरेको थियो ।

सोही क्रममा उनी भक्तपुरको जगातिबाट अस्ति पक्राउ परेका हुन् । थप अनुसन्धान तथा कारबाहीको निम्ति मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू