जम्बो टोलीका साथ सभामुख भैरहवामा
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आज भैरहवा जानुभएको छ । उहाँ साँझ साढे ५ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।
उहाँ १३ सदस्यीय टोलीका साथ त्यता जानुभएको हो । सभामुख भोलि साँझ ६ बजे बुद्ध एअरको उडानमा राजधानी फर्कने कार्यक्रम छ ।
आजै सभामुख घिमिरेसहितको टोली सवार उक्त उडानबाट पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी पनि भैरहवा जानुभएको बताइन्छ ।
टिप्पणीहरू