शरणार्थी काण्डमा एमाले सचिव रायमाझी : आज पक्राउ पुर्जी, हिजोराति भैरहवा

शरणार्थी काण्डमा एमाले सचिव रायमाझी : आज पक्राउ पुर्जी, हिजोराति भैरहवा

नक्कली शरणार्थी बनाएर करोडौँ कुम्ल्याउने गिरोहमा नाम जोडिएका एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । 

जिल्ला अदालत काठमाडौँले आज रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग टोपबहादुरको राजनीतिक साँठगाँठ रहेको र उनका छोरा सन्दीपको प्रत्यक्ष संलग्नता रहेको आरोप छ । 

यस प्रकरणमा मुछिएका एमाले उपाध्यक्ष तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र त्यतिबेलाका गृह सचिव (हाल उपराष्ट्रपति कार्यालय) टेकनारायण पाण्डे क्रमशः हिजो र आज पक्राउ परिसकेका छन् ।  

आरोपितहरू धमाधम पक्राउ परिरहेका बेला रायमाझी भने भैरहवा पुगेका छन् । हिजो साँझ हवाई मार्ग हुँदै भैरहवा पुगेका उनी अहिले उतै रहेको बताइएको छ ।

टिप्पणीहरू