रुसी कूटनीतिज्ञ र युक्रेनी सांसदबीच सार्वजनिक समारोहमै कुटाकुट

रुसी कूटनीतिज्ञ र युक्रेनी सांसदबीच सार्वजनिक समारोहमै कुटाकुट

रुस र युक्रेनबीच जारी युद्धले दुई देशबीचको तनाव चरम उत्कर्षमा पुगेको छ । यस क्रममा युक्रेनी सांसद र रुसी कूटनीतिज्ञबीच सार्वजनिक समारोहमै हात हालाहाल भएको छ । 

टर्कीको राजधानी अंकारामा भएको ब्ल्याक सी इकोनोमिक कम्युनिटी कोअपरेसनकोको बैठकमा उनीहरुबीच हानाहान भएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । बैठकमा राखिएको युक्रेनको झण्डा च्यातेका रुसी कुटनीतिज्ञलाई युक्रेनका सांसद अलेक्जेन्डर मारिकोव्स्कीले मुक्का प्रहार गरेको उक्त भिडियोमा देखिन्छ । 

भिडियोमा ओलेक्जेन्डर आफ्नो देशको झण्डा लिएर उभिएका छन् । यसैबीच, एक रुसी प्रतिनिधि पछाडिबाट आएर युक्रेनी झण्डा लिएर गएको देखिन्छ । त्यसपछि रिसले चुर भएका युक्रेनी सांसद रुसी प्रतिनिधिलाई खोज्दै जान्छन् र उनको अनुहारमा मुक्का प्रहार गर्छन् ।

 मुक्का प्रहारपछि दुई जनाबीच केही समय बाझाबाझ भएको भिडियोमा देख्न सकिन्छ । तर, दुवैलाई सहभागी अन्यले रोकेका थिए ।

टिप्पणीहरू