अध्यक्षको उताको घरछेउमा डाकिएको एमाले बैठक यतै सर्यो

अध्यक्षको उताको घरछेउमा डाकिएको एमाले बैठक यतै सर्यो

अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा बस्ने तय भएको एमाले केन्द्रीय कमिटी बैठक ललितपुरमा सारिएको छ । पहिलो पटक उपत्यका बाहिर बस्ने भनिएको बैठक एमालेले विशेष कारण देखाएर अन्तिम समयमा ठाउँ सारेको हो ।  

वैशाख २८, २९ र ३० गते झापामा बस्ने निधो भएको बैठक सोही मितिमा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ । संसदको बजेट अधिवेशन शुरु भएकाले नेताहरु संसद बैठकमा व्यस्त हुनुपर्ने हुँदा बैठक यतै सार्नुपरेको एमालेले जनाएको छ । 

चुनावलगत्तै थालेको मिसन ग्रासरुट अभियान सम्पन्न गरेको एमालेले त्यसको समीक्षा गर्न केन्द्रीय समिति बैठक राखेको हो । बैठकअघि भोलि कार्यालयको र पर्सि सचिवालयको बैठक बोलाइएको छ ।

टिप्पणीहरू