प्रधान न्यायाधीशको निम्ति सिंहदरबारमा साँझ
आज संवैधानिक परिषदको बैठक डाकिएको छ । साँझ ६ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने बताइएको छ ।
१५ महिनादेखि सर्वोच्च अदालत कायममुकायमको भरमा सञ्चालन हुँदै आएको छ । प्रधानन्यायाधीश नियुक्तिको माग राख्दै बैशाख लागेपछि नेपाल बारलेसमेत आन्दोलन थालेको छ ।
एमाले संवैधानिक परिषद (काम, कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधनमा प्रधानमन्त्रीलाई अनावश्यक अधिकार दिनेगरी बिधेयक दर्ता गरिएकोमा रुष्ट भएपछि बैठक अनिर्णित बन्दै आएको थियो । उक्त ऐन संशोधन विधेयक रोकिएसङ्गै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अवरुध्द भएको हो ।
टिप्पणीहरू