काँग्रेस नेतामाथि निर्घात कुटपिट, परिवारका सदस्यसमेत घानमा

काँग्रेस नेतामाथि निर्घात कुटपिट, परिवारका सदस्यसमेत घानमा सांकेतिक तस्विर

सत्तारुढ नेपाली काँग्रेस भक्तपुरका एक स्थानीय नेता कुटिएका  छन् । काँग्रेस सूर्यविनायक नगरपालिका–२ का वडा सभापति कृष्णभक्त श्रेष्ठ र उनको परिवारका सदस्यमाथि अज्ञात समूहले कुटपिट गरेको बताइएको छ । 

घरमै बसिरहेका श्रेष्ठ र उनको परिवारका सदस्यहरुलाई दर्जनौंको संख्याका अपरिचित व्यक्तिहरु भेला गरेर स्थानीय राजन पौडेल र उनकी श्रीमती करुणालगायतले अंगभंग हुनेगरी कुटपिट गरेको आरोप छ । 

तीन दिनअघिको उक्त घटनाप्रति कांग्रेस क्षेत्र नम्बर २ समिति भक्तपुरले विरोध र भत्र्सना गरेको छ । क्षेत्र नम्बर २ का सभापति भेषबहादुर थापाले आज विज्ञप्ति जारी गरेर २२ वैशाखको बिहान ९ बजे उनीहरुमाथि कुटपिट भएको भन्दै भत्र्सना गरेका हुन् । 

उक्त घटना सम्बन्धमा महानगरीय प्रहरी प्रभाग मध्यपुर थिमिले निवेदन नुबुझेकोमा विज्ञप्तिमा आक्रोश जनाइएको छ । तत्काल उजुरी दर्ता गरेर पीडितलाई न्याय दिन माग गर्दै काँग्रेसले अन्यथा कठोर कदम चाल्ने चेतावनी दिएको छ ।

टिप्पणीहरू