सिंहदरबारमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल

सिंहदरबारमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको संवैधानिक परिषद्को बैठक सुरु भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठक अहिले पनि जारी छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसिरहेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहुन्छ ।

प्रचण्ड प्रधानमन्त्री भएपछि बसेको परिषद्को यो दोस्रो बैठक हो । यसअघि बैशाख पहिलो साता बिहान एकछिन बसेको बैठकले कुनै पनि निर्णय गरेको थिएन । 

आजको बैठकमा प्रधानन्यायाधीशको नियुक्ति सम्बन्धी एजेण्डा रहेको बुझिएको छ ।

टिप्पणीहरू