पहिले प्रधानन्यायाधीश नियुक्ति,लगत्तै प्रधानमन्त्री र एमाले अध्यक्षबीच साउती
आज साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
उक्त बैठकपछि प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच साँझ साढे ७ बजेदेखि झण्डै आधा घण्टा कुराकानी भएको हो ।
त्यसअघि प्रधानमन्त्री दाहालले संसद बैठकमा नाङ्गै प्रस्तुत भएका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह र बिहान बालुवाटारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटवार्ता गर्नुभएको थियो ।
टिप्पणीहरू