‘टोपबहादुर केपी ओलीको झट्केलो छोरो’ भन्ने वाक्य राष्ट्रिय सभाको रेकर्डबाट हट्यो
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली काँग्रेसका रमेशजंग रायमाझीले बैठकमा प्रयोग गरेको केही शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिनुभएको छ ।
आज राष्ट्रिय सभाको बैठक बसेलगत्तै अध्यक्ष तिमिल्सिनाले सांसद रायमाझीले प्रयोग गरेको ‘उहाँको झट्केलो छोरो हो,टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो ।
अस्तिको बैठकमा रायमाझीले नक्कली शरणार्थी काण्डमा मुछिएका एमाले सचिव रायमाझीमाथि उक्त आरोप लगाएका थिए । त्यसपछि हिजोको बैठकमा एमाले सांसदहरुले नियमापत्ति जनाएका थिए । एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रेकर्डबाट उक्त वाक्य हटाउन माग गरेका थिए ।
अध्यक्ष तिमिल्सिनाले रायमाझीले प्रयोग गरेको भाषा राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को घ को व्यवस्थासँग मेल नखाएको जनाउँदै २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो ।
टिप्पणीहरू