अमेरिकी पूर्वराष्ट्रपतिले यौन दुर्व्यवहार गरेको ठहर, ५० लाख डलर क्षतिपूर्तिको आदेश
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरिएको छ । न्युयोर्कको एक अदालतले उनलाई दोषी ठहर गर्दै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख अमेरिकी डलर दिनुपर्ने आदेश दिएको छ ।
लेखिका ई जिन क्यारोललेसन्ले सन् १९९० मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै मानहानीको मुद्दा हालेकी थिइन् । ट्रम्पले आफूमाथिको सबै आरोप अस्वीकार गरेका थिए । अदालतको फैसलाले आफ्नो अपमान गरेको उनले प्रतिक्रिया दिएका छन् ।
टिप्पणीहरू