पूर्वराजालाई भारतीय मुख्यमन्त्रीको मेजमानी

पूर्वराजालाई भारतीय मुख्यमन्त्रीको मेजमानी

भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको लखनउ भेटघाट बाक्लो छ । नेपालगञ्जमा अघिल्लो साता हिन्दूवादीहरुको अभिनन्दन लिएपछि शाह स्थलमार्ग हुँदै शनिबार लखनउ पुगेका थिए ।

सम्वाद सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिअनुसार हिजो लखनउमा मुख्यमन्त्री योगी आदित्यनाथले पूर्वराजासँग दर्शन भेट गरेका छन् । 

बहालरत राजाको पालामा झैँ लेखिएको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवसँग आज अपरान्ह भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले दर्शन भेट गर्नुभयो ।

राजपरिवारका सदस्यहरु समेत सम्मिलित उत्तर प्रदेशको लखनउमा भएको सो भेटघाट सौहार्द्रपूर्ण वातावरणमा भएको व्यहोरा जानकारी गराइन्छ ।’


 

टिप्पणीहरू