भ्रष्टाचारीहरु भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी नहुनु : माओवादी नेता न्यौपाने
नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले भ्रष्टाचारीहरुलाई सरकारले चालेको कदमको समर्थनमा आयोजित कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन् ।
उनले कमिसन, घुस, भ्रष्टाचारलगायत अन्य ‘अपराध’ कर्ममा लागेकालाई भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी नहुन आग्रह गरेका हुन् ।
भ्रष्टाचारीहरु भष्टाचारविरुद्धको कार्यक्रममा सहभागी हुँदा नागरिकमा आशाभन्दा निराशा थपिने खतरा बढी हुने उनको ठम्याई छ ।
सामाजिक सञ्जालमा लेख्दै उनले त्यस्ता व्यक्तिलाई भ्रष्टाचार हटाउने अभियानमा सरिक नहुन सुझाव दिएका हुन् । ‘सरुवा बढुवामा कमिशन खानेहरु, नेता मन्त्रीसँग व्यापारी, प्रशासनिक सुरक्षा निकायका माथिल्लो तहका व्यक्ति र बिचौलिया भेट्टाएबापत पैसा खानेहरु, शिक्षाका मुद्दा बेचेर शिक्षा व्यापारीसँग पैसा कुम्ल्याउनेहरु वा यस्तैयस्तैहरु भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमको समर्थनमा हुने–भएका प्रदर्शनीमा सहभागी नहौं–नगरौं’, उनले लेखेका छन्, ‘यस्ता मान्छेहरु त्यस्ता कार्यक्रममा सहभागी भएको देखियो भने जानेबुझेका नागरिकहरुमा आशाको ठाउँमा निराशा थपिने खतरा हुन्छ ।’
टिप्पणीहरू