काठमाडौं–रेसुङ्गा व्यावसायिक उडान शुरु, नेपाल वायुसेवाको विमानमा २७ जना यात्रु

काठमाडौं–रेसुङ्गा व्यावसायिक उडान शुरु, नेपाल वायुसेवाको विमानमा २७ जना यात्रु

गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि नेपाल वायुसेवा निगमले व्यवसायिक उडान थालेको छ । निगमको विमान बिहान साढे ६ बजे १३ जना यात्रु लिएर काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको थियो । उताबाट पौने ८ बजे १४ जना यात्रु राजधानी आएको बताइएको छ ।

साताको दुई दिन मंगलबार र शुक्रबार काठमाडौं–रेसुङ्गा–काठमाडौं उडान हुने निगमले जनाएको छ । एकतर्फी उडान समय ५० मीनेट रहेको उक्त सेक्टरको भाडा काठमाडौंबाट जाँदा ६ हजार ५ सय र फर्कंदा ६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

टिप्पणीहरू