यौन दुर्व्यवहारको आरोपमा रास्वपाका नेता पक्राउ

यौन दुर्व्यवहारको आरोपमा रास्वपाका नेता पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना विज्ञ यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । कृषि विज्ञ तथा उक्त पार्टीका नेता मदन राईलाई प्रहरीले आज खोटाङमा नियन्त्रणमा लिएको बताइएको छ ।

खोटाङको शुभद्रा मदन (शुभम) फाउण्डेसनका सञ्चालक उनै मदन राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फाउन्डेसनको आश्रयस्थलमा बसेका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा उनी प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

राईलाई पक्राउ गरेसँगै पीडित एक जना प्रहरीको सम्पर्कमा पुगेको बताइन्छ । फाउण्डेसनमा दुई सय जना विद्यार्थी छन् । 

राई कृषि विज्ञभन्दा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाडा शब्द प्रयोग गर्ने व्यक्तिको रुपमा परिचित छन् । उनै राईलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गत भदौ ११ गते आयोजना गरेको उपत्यका भेलामा अतिथिको रुपमा प्रस्तुत गरेको थियो ।

टिप्पणीहरू