कर्मचारीको निधन भएपछि आइतबार ल क्याम्पसमा शोक बिदा

कर्मचारीको निधन भएपछि आइतबार ल क्याम्पसमा शोक बिदा

नेपाल ल क्याम्पसमा आइतबार शोक बिदा दिइएको छ । परीक्षा शाखामा कार्यरत कर्मचारी कोकिला पनेरु (शर्मा) को मृत्यु भएपछि क्याम्पसले शोक बिदा दिएको हो । 

उपचारको क्रममा उनको हिजो निधन भएपछि शोक बिदा दिइएको क्याम्पस प्रमुख डा. डिएन पराजुलीले बताए । आइतबार क्याम्पसमा सञ्चालित बी.ए.एलएल.बी, एलएल.बी तथा एलएल.एम तहका पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने उनको भनाइ छ । 

‘कर्तव्यनिष्ट कर्मचारी श्रीमती कोकिला पनेरु (शर्मा) को मिति २०८०–१–२८ गते उपचारका क्रममा असामयिक निधन भएको शोकमा मिति २०८०–०१–३१ गते आइतबार यस क्याम्पसमा सञ्चालित बी.ए.एलएल.बी, एलएल.बी तथा एलएल.एम तहका पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ’, जारी सूचनामा भनिएको छ ।

टिप्पणीहरू