हुरीबतासले ढालेको रुखले किचेर महिलाको ज्यान गयो

हुरीबतासले ढालेको रुखले किचेर महिलाको ज्यान गयो

हिजो साँझ राजधानीमा आएको हावाहुरीका कारण एक जनाको ज्यान गएको छ । काठमाडौंको मातातीर्थमा ढलेको रुखले थिचेर ४२ वर्षीया नीराकुमारी महर्जनको निधन भएको जनाइएको छ ।

चन्द्रागिरी नगरपालिका ८, मातातीर्थस्थित कुण्ड नजिकैको सडकमा हिँडिरहेको अवस्थामा रुखले किचेपछि स्थानीय महर्जन गम्भीर घाइते भएकी थिइन् । उपचारार्थ सानेपास्थित स्टार अस्पताल लगिएकोमा उनको राति साढे १० बजे निधन भएको हो ।

शव पोष्टमार्टमको निम्ति राति पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू