निगुरो टिप्न गएका दम्पती नारायणीमा डुबे

निगुरो टिप्न गएका दम्पती नारायणीमा डुबे

नजिकैको जंगलमा निगुरो टिप्न गएका दम्पतीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ का ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ४५ वर्षीया बगरी बोटेको डुबेर निधन भएको हो । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार नजिकैको जंगलमा निगुरो टिप्न जाँदा चढेको डुंगा डुबेपछि हिजो साँझदेखि उनीहरु बेपत्ता भएका थिए । 

हिजो साँझको हावाहुरीको समयमा उनीहरु डुंगा चढेर नारायणी नदी तर्दै थिए । सोही क्रममा डुंगा पल्टेको हुनसक्ने प्रहरीको अनुमान छ । हिजो डुबेर बेपत्ता भएका दम्पती आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

टिप्पणीहरू