स्कुल र मन्दिर छेउमा रक्सि पसल राख्न बन्देज, अटेर गरे गाउँपालिकाले नछोड्ने
पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक स्थानमा सुर्ती, सुर्तीजन्य पदार्थ र मदिराको बिक्री वितरण तथा प्रयोगमा बन्देज लगाएको छ ।
गाउँपालिकाले विद्यालय, मठमन्दिर आसपासका एक सय मिटर वरपर मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न भनेको हो । निषेधित क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेको भएमा अन्य वैकल्पिक स्थानमा सर्नसमेत गाउँपालिकाले व्यवसायीहरुलाई अग्रिम सूचना गरेको छ ।
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ सेवन गर्ने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्न सक्ने हुँदा विद्यालय क्षेत्रको करिब एक सय मिटर वरपर बेचबिखन नगर्न पनि पालिकाले भनेको छ ।
‘विद्यालय, मठमन्दिर आसपास क्षेत्र (१०० मि.) भित्र मदिरा तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्न नगराउन अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘कहि कतै सो क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेको भए व्यवसायीले अन्य वैकल्पिक स्थानमा सञ्चालन गर्न अनुरोध गरिन्छ ।’
टिप्पणीहरू