पनौतीको सहकारी लुटेरा मकवानपुरमा बन्दुकसहित फेला
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ४ स्थित टौलखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लुटपाटमा गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
गत वैशाख १७ गते सहकारीबाट करिब ३३ लाख रूपैयाँ लुटपाट फरार दुई जनालाई काभ्रे र मकवानपुर जिल्ला प्रहरीको संयुक्त टोलीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ बाट हतियारसहित पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेकामा इन्द्रसरोवा ५ का ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामा हुन् । उनीहरूको साथबाट प्रहरीले नगद ५ लाख ४५ हजार, एक थान एकनाले भरुवा बन्दुक र रडसमेत बरामद गरेको जनाएको छ । सहकारी फुटाएर लुटपाट गर्नेहरूमाथि थप अनुसन्धान जारी छ ।
टिप्पणीहरू