शेरबहादुर कानुन र चित्रबहादुर राज्य व्यवस्था समिति सभापति
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कानून, न्याय तथा मानव अधिकार समितिको सभापतित्व ग्रहण गर्नुभएको छ ।
आजदेखि शुरु भएको प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये काँग्रेस सभापति देउवाले कानुन समितिको सभापतित्व गर्नुभएको हो । समितिले सभापति चयन नगरेको अवस्थामा उहाँले जेष्ठ सदस्यको नाताले उक्त समितिको अध्यक्षता गर्नुभएको संसद सचिवालयले जनाएको छ ।
यसैगरी राजनीतिक दलका अध्यक्षमध्ये राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य व्यवस्था समिति बैठकको सभापतित्व गर्नुभएको छ । उहाँले पनि जेष्ठ सदस्यको हैसियतमा उक्त जिम्मा पाउनुभएको हो ।
टिप्पणीहरू